अन्तर्राष्ट्रिय

इद अल फित्रमा युद्धविराम घोषणा

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बिहीबार अस्थायी युद्धविरामको घोषणा गरेको समाचार छ ।

उनले इद अल फित्र पर्वलाई ध्यानमा राखेर अफगानिस्तानभर नै अफगान सेनाले तालिबान विरुद्धको आक्रामक कारबाही रोकिएको घोषणा बिहीबार गरेका हुन् ।

रमादानको यस पर्वको क्रममा राष्ट्रपतिले घोषणा गरेको यस युद्धविराममा अफगानिस्तानको सरकारसँग युद्धरत तालिबान आतङ्ककारीहरुबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

राष्ट्रपतिले औपचारिक रुपमा गरेको ट्वीटकाअनुसार रमादान पर्व सोमबार अर्थात ११ जुनबाट सुरुहुने र जुन १५ मा समाप्त हुने भएकोले सो समयलाई मध्यनजर गरेर युद्धविरामको घोषणा गरिएको छ ।

रमादानको पाँचौँ दिनमा इद अल फित्र मनाइने चलन रहेको छ । तालिबान आतङ्ककारी समूहले अफगानिस्तानका सुरक्षा अधिकारी तथा सर्वसाधारणमाथि समेत आक्रमण गर्दै आएको पाइन्छ ।