समाचार

डा. केसीले सरकारलाइ दिए यस्तो चेतावनी

काठमाडौं । चिकित्साशिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले ६ बुदेँ माग राखेका छन् । चिकित्सकहरुको अध्ययन, वृत्तिविकास ठप्प हुनेगरी जबर्जस्ती थोपरिने नियमले देशभर गुणस्तरीय सेवा पुर्‍याउन बाधा खडा गर्ने बताउदैँ डा. केसीले विभिन्न ६ बुदेँ माग गरेका हुन् ।

सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने डा. केसीले चेतावनी समेत दिएका छन् । बिहिबार एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधीलाई हचुवाको संज्ञा दिएका छन् ।

डा. केसीद्धारा जारी विज्ञपतीमा भनिएको छ, छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले गर्नुपर्ने भनिएको अनिवार्य सरकारी सेवाको अवधि पाँच वर्षबाट घटाइ दुई वर्ष कायम गर्न माग गर्दछौ । विज्ञप्तीमा अघि भनिएको छ, स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधिमा शिक्षा मन्त्रालयले हचुवाको भरमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था थप गरेको छ ।