मनोरञ्जन

‘मेची महाकाली ट्यालेन्ट’को काठमाडौं अडिसन शनिबार

काठमाडौं । ‘मेची महाकाली ट्यालेन्ट’ को काठमाडौं अडिसन आउदोँ शनिबार हुने भएको छ । बाहिर विभिन्न ६ शहरमा सफलताका साथ अडिसन सकिए पस्चात अन्तिम अडिसन काठमाडौंमा हुन लागेको हो ।

यसअघि यो रियालिटी शोको अडिसन बिर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरा लगायतका स्थानमा भइसकेको छ । काठमाडौं अडिसन भने मिनभवन स्थित एभ्रेस्ट फिल्म एकेडेमीमा बिहान १० बजे बाट सुरु हुने आयोजक बताएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी काठमाडौं अडिसनबारे जानकारी गराईएको हो । विभिन्न फरक प्रतिभाहरुलाई एउटै मञ्चबाट उजागर गर्ने उद्देश्यले हुन लागेको ‘मेची महाकाली ट्यालेन्ट’मा प्रतियोगीले कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजकको तर्फबाट देब मगरले

विजेताले २१ लाख नगद उपहार पाउनेछन् । प्रतियोगितामा गायन, अभिनय, नृत्य र अन्य विधाहरुमा प्रतिस्पर्धा हुने बताइएको छ । यो रियालिटी शोमा जजको रुपमा सुनिल थापा, गौरी मल्ल, त्रिलोक राना र गम्भीर बिस्ट रहेका छन् । यस रियालिटी शोमा सबै उमेर र जुनसुकै प्रतिभा भएका व्याक्तिले भाग लिन पाउने छन् ।