गण्डकी प्रदेश

काजिदिदीको पीडाः ‘इजरायलमा यस्तो सम्म गरे मलाई’ (भिडियो सहित)

काठमाडौं । पोखराकी महिला ठेकेदार लालशोभा गुरुङ बिगतमा ६ बर्ष इजरायल बसेर नेपाल आएकी हुन् । उनी संभवत् प्रदेश नं. ४ की अनुमतीप्राप्त निर्माण व्यवसायी हुन् । काजि निर्माण सेवा नामक फर्मबाट उनले निर्माणको ठेक्कापट्टा लिने गरेकी छन् ।

पछिल्लो समय घर निर्माणको काममा धेरै व्यस्त हुने लालशोभालाई सबैले काजि दिदी भनेर पनि चिन्छन् ।

काजिदिदीको बिगतको पीडा ठूलो छ, उनी कामको शिलसिलामा इजरायल गईन् । गाउँबाट पोखरा आएपछि एक एजेन्टले उनलाई इजरायल पुर्यायो । पोखरामा हुर्किएकी भएर नपढेपनि अंग्रेजी बोल्न जान्ने उनलाई इजरायलमा गाह्रो भयो ।

भाषा बुझिनन् घरका मानिसहरुले गर्न नपर्ने र नहुने काम समेत लगाए । उक्त घरमा काम गर्न नसकेपछि उनी भागेर अर्को घरमा गएर काम गरिन् । करिब ६ बर्ष पछि उनी कहिल्यै नफर्कने गरेर नेपाल आईन् ।

नेपालमा उनले घर बनाउने काम गर्न थालिन् । पछि आफैले घरको जिम्मा लिएर बनाउन थालिन् । अहिले इजरायलमा पाएको दुःख सम्झदै नेपालमै केही गर्ने अठोट बनाएर महिला ठेकेदारको रुपमा उनी सक्रिय छिन् ।