राजनीति

सभापति देउवाले गरे मनोनीत तीनजना केन्द्रीय समिति सदस्य

काठमाण्डौ । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले आज पार्टी बिधान बमोजिम तीन जनालाई पार्टीको केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका छन् । पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई मनोनीत गरेको महिनादिनपछि सभापति देउवाले केन्द्रीय कार्यसमिति पूर्ण गराउने गरी आज तीनजना काँग्रेस नेताहरुलाई पार्टीको केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका हुन् । पार्टी मूख्यसचि कृष्णचन्द्र पौडेलले जारी गरेको बिज्ञप्तीमा उक्त कुरा बताईएको छ ।
साथै दमननाथ ढुंगाना (काठमाडौँ), श्री तीर्थराम डंगोल (काठमाडौँ) र हिरादत्त भट्ट (कैलााली) लाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा समेत मनोनीत गरेका छन् ।

विज्ञप्तीम भनिएको छ’

“नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले, नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), श्री शिवप्रसाद हुमागाई (काभ्रे) र श्रीमती शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ ।

यसैगरी, सभापति मा. शेरबहादुर देउवाले पार्टी विधानको धारा ४९(१३)(क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौँ),  तीर्थराम डंगोल (काठमाडौँ) र हिरादत्त भट्ट (कैलाली) लाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गर्नु भएको छ ।”