पु.समाचार

हाकिम गोपाल खड्काले अन्ततः पद छाडे

काठमाडौं । नेपाल आयल निगमका विवादित कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । विवादित खड्काले बिहिबार पत्रकार सम्मेलन मार्फत राजिनामा दिएका हुन् ।

खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेपछि उनी अदालतको ढोकामा पुगेका थिए । उनका अनुसार अदालतले उनलाई न्याय दिएको तर मन्त्रालयले आफूमाथि षडयन्त्र गरेको आरोप लगाएका छन् ।

कार्यकाल ६ महिना हुँदा राजीनामा दिएका खड्काले निगमलाई मार्गप्रशस्त गर्न यस्तो निर्णय गरेको पत्रकार सम्मेलनमा बताए ।

उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप समेत लगाउन भ्याए । ‘ममाथि देशी–विदेशी तत्वहरुले समेत षड्यन्त्र गरे’, खड्काले राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा भने ।

आफूले आफ्नो कार्यकालमा धेरै नै योगदान पुर्याएको तर मन्त्रालयले आफूलाई रत्नपार्कको ज्योतिष बनाउको टिप्पणी गरेका छन् । नौ महिनासम्म मन्त्रालयमा सहेरै विना जिम्मेवारी बसेको तर, अब सहन नसकिने अवस्था आएपछि राजीनामा दिएको उनको तर्क थियो ।