पु.समाचार

गोरेले कलाकत्ताबाट तिवारीलाइ थर्काउदैँ भनेः दायाँ बायाँ दिमाग लगाइस् भने तँलाई उडाइदिन्छु (संवादसहित)

काठमाडौँ । ३ हजार ८ सय क्वीन्टल सुनका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ का विश्वासपात्र राम तिवारी सँग बीच भएको फोन संवाद सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

गोरेकै भनाईमा न्यायालयदेखि सबैतिर सेटिङ मिलाउन सक्ने तिवारीलाई ‘गोरे’ ले कलकत्ताबाट फोनमा थर्काउँदै भनेका छन्, ‘दायाँ बायाँ दिमाग लगाइस् भने तँलाई उडाइदिन्छु ।’

यस्तो छ, ‘गोरे’ र ‘तिवारी’ बीचको अडियो संवाद –
गोरे – के रे मामा के रे ?

राम तिवारी – पैसा दिएकौ छैन मेरो ।

गोरे – कति ?

राम – मेरो एक पचास (वान फिप्टी)

गोरे – के भन्छ ?

राम – अब म दिन्छु, यहाँ वहाँ भनिराछ मैले झगडा गरेर थकाईसकेँ ।

गोरे – अँ, (केहीबेर रोकिएर) हेटौंडाबाट यसलाई तान्ने ?

राम – अँ हेटौंडाबाट तानौं न त, विकास आइराको छ अहिले घरमा हैन, म सल्लाह गर्छु यस्तो–यस्तो हो भनेर ।

गोरे – नाई नाई त्यो नगर, किन भन नँ ? यिनीहरुको पनि सर्कल छ, नी चिनेका छन् नि यिनीहरुरुले पनि । अप्ठ्यारो, मामालाई अप्ठ्यारो हुन्छ ।

राम – हो ?

गोरे – अँ, त्यो हैन सुन तँ केही पनि नगर पैसा त योसँग त्यतिकै उठाइदिन्छु, तेरो डेढ पनि उठाईदिन्छु म पर्खी है, एकछिन पर्खी, एकछिन होल्ड ।
(विमान उडेको आवाज)

राम – कसलाई भुजुङलाई गर्न लागेको ? भुजुङलाई नगर भन्या ।

गोरे – हँ, के भन्छ भन्छ ?

राम – हैन, उसलाई नगर भन्या उसलाई कुरै नगर क्या, मलाई उसले आज ४ बजेको टाईम दिएको छ, अहिले नगर चार बजेसम्म के गर्दो रहेछ हेरौँ हैन ?

गोरे – नाईं मत केही पनि गर्दिन अब जे गर्ने इन्डियनले गर्छ, मारे मार्छ जे सुकै गर्छ ।

राम – हैन त्यो भन्दा पनि अहिले नगर, त्यसपछि चार बजेसम्मको टाइम छ, त्यतिन्जेल पख अनि कुरा गरौँ अनि तिमी र म भेट्नु पर्ने भयो कहिले भेट्ने ? एकपटक भेट्नै पर्ने भयो यार, कहिले भेट्ने ?

गोरे – अब तँ मलाई भेट्न कलकत्ता आउँछस् ।

राम – ल ल त्यहाँ आउनुपर्ने भयो, यसलाई ढाकढुक गरेर अब यतापट्टिको जग्गा अहिले किन्दैन, यसमा भड्किहाल्यो । अब भड्कियोस्, म अर्को मान्छे लगाइरहेको छु, अर्कोलाई भिडाइदिन्छु सिद्धिहाल्यो टेन्सन नलेउ । तिमी कन्ट्याकमा चाहीँ बस्नुप¥यो ।

गोरे – यहि नम्बरमा कल गर न म जहिले कन्ट्याक हुन्छु त ।

राम – अँ अँ कन्ट्याकमा बस्नुपर्छ, त्यसपछि ट्याक्क सित गर्नुपर्छ भाञ्जा तिमी टेन्सन नलिउ, अब जे भएपनि भगवानले पार लाउँछन् त्यहि हो ल । …हन्ड्रेड पर्सेन्ट त्यसकै सालोले हो, हन्डेड पर्सेन्ट हो ।

गोरे – हो ?

राम – हन्ड्रेड पर्सेन्ट हो त्यसकै सालो ।

गोरे – फोन नै उठाएको छैन, अहिले त

राम – अँ उठाएको छैन, मैले थर्काएँ त्यहि भएर त्यसले उ गरेको छ उठाउँदैन् ।

गोरे – सुन न, त्यो विकास मामाको नम्बर छ ?

राम – अँ, ९८५१०––––– ।

गोरे – मामा कि सँगै हो ?

राम – छैन छैन, भगवान कसम छैन ।

गोरे – अहिले कुराकानी मेरो केही पनि नगर, (अश्लिल शब्द) वेश्याजस्तो, बोलिस् भने, ओई सुन, ओई बोलिस् भने तँ उड्छस् फेरि यति चाहिँ बुझ ।

राम – होइन,होइन । कसैलाई थाहै छैन चुप लागेर बस् टेन्सन छैन ।

गोरे – तँलाई थाहा छ नी हैन ? (हि…हि.. हाँस्दै)

राम – यिनीहरुले पुलिसमा चाहिँ निवेदन दिइसकेको रहेछ है तिमीलाई ।

गोरे – मलाई किन दिनु ? मेरो छैन अरे केश, अहिले भर्खर रिपोर्ट नै आयो ।

राम – तिम्रो छैन रे ? छैन भने त राम्रो भो ।

गोरे – ३३ जनाको चाहिँ उसमा छ रे, अनि ३–४ जनाको छुट्टै हो फरक पर्दैन भनेको छ ।

राम – ए, ल भैहाल्यो त्यो भए त राम्रो भो ।

गोरे – पहिले नै चेक गरेको हो नी यार मैले ।

राम – यिनीहरुले त्यो गरे होलान्, फोन नै उठाएन है त्यसको सालोले ?

गोरे – छैन, छैन ।

राम – त्यसले उठाएको छैन । त्यसले पुलिसलाई रिपोर्ट हालेको छ ।

गोरे – रिपोर्ट चाहिँ किन हाल्नु अरे ?

राम – हैन मलाई जबर्जस्ती पैसा उठाउँदै छ, ब्ल्याकमेल गर्र्दै छ भनेर क्या ।

गोरे – तेरो भाञ्जोले कहिल्यै त्यसो गर्छ ?

राम – त्यहि त मैले तिमीलाई भनिहालेँ ।

गोरे – (अश्लिल शब्द) …पैसामा कहिल्यै पनि नबिक, तलाईं थाहा छ म पैसामा बिक्ने मान्छे हैन (अश्लिल शब्द), दायाँ बायाँ दिमाग लगाइस् भने म जान्दिँन, तपाईंले मलाई यसमा बचाउनुपरो ल, तेरो लागी म जहिल्यै छु ।

तलाईं म कलकत्ता बोलाउँला भोली या पर्सी । ल ।

राम – ल हुन्छ भाञ्जा हुन्छ, हवस् ।

-रातोपाटी टिभीको सहयोगमा

अडियो संवाद:-