समाचार

‘नेपालको श्रीपेच’ भारतीय नाममा प्रदर्शन हुदैँ

काठमाडौं । चीनको राजधानी बेइजिङका दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ ।

प्रदर्शनीमा राखिएका ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीमध्ये एउटा छ– नेपालको श्रीपेच ।

प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालिन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ । नेपाली र नेपालबारे चासो राख्नेहरुले यसलाई बडो अभिरुचीपूर्वक हेर्ने गरेका छन् ।

‘नेपालको श्रीपेच’ लेखेरै राखिए पनि यो ‘जेम्स एन्ड जेवल्स अफ इन्डिया’ अर्थात भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षक प्रदर्शनीमा राखिएको छ ।

चीनमा अन्तर्राष्ट्रिय पुरातात्विक वस्तुको प्रदर्शनी गर्दा सरकारी निकाय नै संलग्न हुने गर्दछ । तर, नेपालको श्रीपेच भारतीय वस्तुको प्रदर्शनीमा कसरी समेटिन पुग्यो भन्नेमा कसैले चासो दिएको पाइन्न । यो समाचार हामीले आजको कान्तिपुर दैनिकबाट सभार गरेका हौ ।