शिक्षा

तुलसी गिरीका अनुसार पचास हजारको छात्रवृत्ति वितरण भयो

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–७ महतगौडास्थित जानकी आधारभूत विद्यालयमा बुधबार आयोजित एक समारोहकाबीच रु ४९ हजार ६०० बराबरको छात्रवृत्ति वितरण गरिएको छ ।

नेपाल सरकारद्वारा सरकारी विद्यालयमा अध्ययन गर्ने दलित छात्रछात्राका लागि रु ४०० र अन्य विद्यार्थीका लागि ५० प्रतिशत अर्थात रु २०० का दरले कूल १२४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष टीकाराम भण्डारीले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिका–१७ द्वारा प्राविधिक शिक्षाका लागि वडाध्यक्ष तीर्थ अधिकारीले सोही कार्यक्रममा विद्यालयलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा उनले विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति वितरण गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न समाजका सबै तह र तप्काबाट जिम्मेवार भएर लाग्नु अपरिहार्य भएको बताए ।

विद्यार्थीको मनोबल उच्च राख्नका लागि शिक्षकहरुले आफनै तर्फबाट रु २३ हजार खर्चेर अंग्रेजी माध्यमबाट पढाइ शुरु भएको तथा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई टाइ र बेल्टको समेत व्यवस्था गरेको शिक्षक तुलसी गिरीले जानकारी दिए ।