राजनीति

उपेन्द्र यादबसंग राजपाले सम्बन्ध बिच्छेद गर्दै, प्रदेश नम्बर २ को सरकार धरापमा

काठमाडौँ । मधेश आन्दोलनमा संयुक्त रुपमा अगाडी बढेपनि संघीय समाजबादी फोमका अध्यक्ष उपेन्द्र यादब सरकारमा गएपछि राजपा र संघीय समाजबादीको बिबाद सतहमा पुगेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताएका छन्।

आज यहाँ आयोजित साक्षात्कारमा नेता सुमनले मधेश आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढी मात्रै भएकाले आफ्नो पार्टी सरकारबाट बाहिरिने स्पष्ट पारे ।

पार्टीको राजनीतिक समितिको आगामी २५ गते बस्ने बैठकबाट प्रदेश नं २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने उनले बताए ।

उनले भने, “झुट बोल्नेलाई हामी समर्थन गर्दैनौँ, संविधान संशोधन गर्ने विषयमा पटकपटक विश्वास देखाएर झुट बोल्ने काम भयो, आगामी २५ गतेको बैठकबाट दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।”

उनले नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौं मत दिनुहोस् भनेर ढाँटेको आरोप लगाए ।
राजपाको गणीतीय हिशाब सानो देखिएपनि भारतसंग बलियो संबन्ध भएको पार्टी राजनीतिक बृतमा मान्ने गरिन्छ । राजपाले प्रदेश नम्बर २ मा फोरमसंगको सम्बन्ध तोडेपछि लालबाबु राउतको सरकार धरापमा पर्न सक्ने राजनीतिक बृतमा चर्चा सुन्न थालिएको छ ।