उर्जा

पश्चिम सेतीको प्रतिवेदनमा कुनै निर्णय भएको छैनः लगानी बोर्ड

काठमाडौँ । लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको विकास कर्ता कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसन (सिटिजिआइ)ले बुझाएको प्रतिवेदनका विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

प्रदेश ७ मा अवस्थित ७५० मेगावाट क्षमताको उक्त परियोजना सिटिजिआइले परियोजना आर्थिकरुपमा सम्भाव्य बनाउने विषयमा थप स्पष्ट पत्राचार गरेको र लगानी बोर्डको २५औँ बैठकले सो सम्बन्धमा सुझाव दिन गठित समितिले प्रतिवेदन बोर्डसमक्ष पेश गरेको बोर्डले जनाएको छ ।

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सिटिजिआइले पेश गरेको प्रतिवेदन विचाराधीन अवस्थामा रहेको र सो सम्बन्धमा कुनै निर्णय नभएको उल्लेख छ ।

उक्त परियोजनाका विषयमा सार्वजनिक भएको बजेट वक्तव्यसँग जोडेर सञ्चारमाध्यममा आएको समाचारप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।