आर्थिक

कुमारी बैंकद्धारा वृक्षारोपण कार्यक्रम

काठमाडौं । कुमारी बैंकले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले विश्व वातावरण दिवस,२०७५को अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

बैंकको नक्सालस्थित कार्यालय तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित बाबा आश्रममा आयोजना गरिएको उक्त वृक्षारोपण कार्यक्रम बैंकका सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार लामाज्यूको प्रमुख आतिथ्यमा भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्र बैंकले यस वर्षको विश्व वातावरण दिवसका अवसरमा “एक कर्मचारी एक फलफूल विरुवा” अन्तर्गत, सबै वित्तीय संघसंस्थाहरुलाई वृक्षारोपण गर्न आह््वान गरेको थियो । सोही अनुसार, कुमारी बैंकले आजैका दिन विभिन्न शाखा कार्यालय परिसरहरुमा पनि फलफूलको विरुवा रोपी यस वर्षको विश्व वातावरण दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।