आर्थिक

‘बीट प्लाष्टिक पोलुसन’ को नारालाई जोड दिदै कोकाकोलाले नेपालमा विश्व वातावरण दिवस मनायो

काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर कोकाकोला र साझेदारी संस्थाले नेपालमा मिलेर बिभिन्न समुदायलाई वातवरणसँग सम्बन्धीत सहयोग गर्दै आएको छ ।

५ जुन विश्व वातावरण दिवसको अबसरर्मा द कोकाकोला कम्पनी’को नेपाल टीम लगाएत बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराइ लिमिटेडले सरसफाई तथा जनचेतना र जागरूकता अभियान संचालन गरेको थियो ।

जस अन्तर्गत बोटलर्स नेपालद्वारा बालाजु औद्योगिक क्षेत्रको बिभिन्न स्थानमा डस्बिन राख्ने काम सम्पन्न भयो । बालाजु औखेगिक क्षेत्र ब्यवस्थापन कार्यालयले यस क्षेत्रको ब्यवस्थापन र निरिक्षण गरेको हो । साथै बि आइ डीको सहयोगमा टिमले १५० लिटरका ८ वटा हिल ट्याङक डस्बिन ठाउँ ठाउँमा राखेको छ । बोटलर्स नेपाल तराई लिमिटेड टीमले भरतपुर जिल्लाका केरुङगा खोला, कानधरी खोला र त्यसको आसपासका क्षेत्रमा वसोवास गर्ने समुदायलाई लक्षित गरेर सरसफाई तथा जागरूकता अभियान संचालन गरेको छ ।

हिमालयन क्लाईमेट इनिसेटिभसँग ९ज्ऋक्ष्० लामो सहयात्राको सम्झौंता गरेको कोकाकोलाले ‘नगरमित्र’ कार्यक्रम अन्र्तगत बिभिन्न क्षेत्रमा वातावरण स्वछताको लागि काम गर्दै आएको छ । उनीहरु अहिले काठमाडौंको बुढानिलकन्ठमा प्लाष्टिक रिसाइकिलिङको काम सुरुवात गर्दैछन् । जसले प्लाष्टिकको पुन संकलन गरि परिशोधन गरेर उत्पादन गर्ने गरेको छ र हाल सम्म ३ करोड पेट बोटल परिशोधन गरी सकेको छ । जसले वातावरणमा सबैभन्दा बढी असर गथ्र्यो त्यसलाई जम्मा गरेर पुन निर्माण गरि पुन बजारमा पठाइने छ ।