समाचार

विप्लव राज्यद्रोही: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेत्र विक्रम चन्द विप्लबलाई राज्यद्रोहीको संज्ञा दिएका छन् । गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विप्लबले मुलुकमा अस्थिरता फैलाउन खोजेको आरोप लगाएका हुन् ।

विप्लबबारे टिप्पणी गर्दै मन्त्री थापाले भने ‘यो संविधानलाई मान्दैन, राज्य व्यवस्थालाई उल्टाउनुपर्छ भन्छ । जसले आफूलाई नेकपा विप्लव भन्छ ।’

गृहमन्त्रीले दाबी गर्दै भनेका छन्, बम पड्काउने देखि एनसेलको टावरमा हान्नेसम्मको काम विप्लबले गर्दछ ।

उनले विप्लब बाहेक सीके राउतहरुलाई अतिवादी र हिन्दु धर्म पक्षधरलाई व्यवस्था विरोधी शक्ति भनेका छन् ।

थप पढ्नुहोस्:-

सुनकाण्डका ठूला माछा बौरिदैँ छन्, अब चाडैँ मार्छौः गृहमन्त्री थापा

गृहमन्त्री थापाले भनेः प्रचण्डका घरभेटी ठेकेदारलाइ पनि जेल कोच्छौँ