राजनीति

काँग्रेस सांसद पाण्डे संसदीय दलको नेतामा चयन

काठमाडौँ । राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएका छन् ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुृन् ।

पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १२ को उपधारा (१) बमोजिम उहाँलाई मनोनयन गरिएको काँगे्रसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिए ।