सामाजिक सञ्जाल

पागल मुकुन्दे हैन, पागल त हामी रहेछौँ: मन

काठमाडौं । मुकुन्द घिमिरेलाई भेटे पछि मैले यहि बुझेँ । रत्नपार्कको रुख देखि भृकुटीमण्डपका चिया पसल सम्म आइपुग्दा मुकुन्द घिमिरे मुकुन्देले करोडौ पटक मुकुन्द ल्याण्ड हुनु पर्छ भने होलान्। लाखौ पटक इन्दिराका बयान गरे होलान्।

हामीले सरसर्ती बुझी रह्यौँ, मुकुन्द घिमिरेलाई नभेट्दा सम्म मैले पनि सोच्थेँ यो पागल हो।
तर म गलत सावित भएँ।

मुकुन्दलाई बुझ्न फरक द्रिष्टिकोण चाहिन्छ त्यो सायद कमै व्यक्ति संग होलान्।

उनका एकोहोरो कुरा सुनी रहँदा त्यो मुला मुकुन्दे साँचै पागलै हो लाग्छ तर पागल मुकुन्दे हैन।
पागल त हामि हौँ।

हामि जो कहिल्यै देशलाई उन्नति तर्फ लैजान नसक्ने डफ़्फ़र भुसिया नेताहरुको भाषण र कहिल्यै पुरा नहुने प्रतिवद्धताहरुलाई पत्याएर तिनलाई पर्खि रहेका छौं।

मुकुन्देले कुनै हिंसात्मक क्रान्ति गरेरन। जनता संग कहिल्यै लडाईं गरेरन कसैलाई झुटो आश्वाशन पनि बाडेनन उसको लडाइ राज्य संग छ।

बर्तमान राजनीति संग उनको क्रान्ति छ। भारत बारे उ द्रिष्टान्तमा बोल्छ। लाचार नेताहरुको अनुहारमा प्याच्च थुकी दिन्छ। हामीले मुकुन्दका कुरालाई बुझ्न जान्दैनौं त्यसैले हामि उनलाई पागल ठान्छौं। तर मुकुन्दले हामीलाई कहिल्यै पागल ठानेको छैन। किनकि मुकुन्देलाई ज्ञान छ। हामीमा देश धमिल्याउने डफ़्फ़र नेताहरुको भुत सवार छ।

-मन गुरुङ्