मनोरञ्जन

इन्दिरा जोशीको ‘रेलिमै’ बजारमा (भिडियो)

काठमाडौं । ‘रेलिमै’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । गायिका इन्दिरा जोशी र अर्जुन पाण्डेको आवाजमा रहेको बुधबार सार्वजनिक भएको हो । हाइलाइट्स नेपालबाट सार्वजनिक गीतमा अभिनय पनि जोशी र पाण्डेले नै गरेका छन् ।

प्रविन सिंहको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाइ हरि हुमागाइले खिचेका छन् । यो समाचार तयार पार्दासम्म गीतलाइ ४२ हजार बढी पटक हेरिएको छ भने भिडियोले १२ सय बढी लाइक पाएको छ । गीतमा ९१ प्रतिक्रिया आएका छन् जसमध्ये सबैजसो सकारात्मक छन् ।

भिडियो:-