मनोरञ्जन

अशोक दर्जीले धन्यवाद भन्दा टंक बुढाथोकीले आशु थाम्न सकेनन्

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकी बालगायक अशोक दर्जीले धन्यवाद भन्दा रोएका छन् । एक अन्तरवार्ता दिने क्रममा उनले आशु थाम्न सकेनन् ।

लोकप्रिय गीत मन बिनाको धन ठुलो कि धन बिनाको मन ले निकै नै सफलता पाएको थियो । गीतमा गायक बुढाथोकी र बालगायक अशोक दर्जीले स्वररहेको छ भने अभिनय पनि उनीहरुकै रहेको छ ।

उनले अशोक दर्जीलाई झापाबाट काठमाडौँ ल्याएर उक्त गीत रेकर्ड गराएका थिए । उनी अशोकको घर बनाउन देश विदेशबाट आर्थिक सहयोग उठाइरहेका छन् ।