समाचार

गृहमन्त्री थापाले भनेः प्रचण्डका घरभेटी ठेकेदारलाइ पनि जेल कोच्छौँ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरभेटीलाई पनि कडा कारवाही गरिने बताएका छन् । भौतिक पूर्वाधार निर्माणमा ढिलाइ गर्ने कुनै पनि ठेकेदारलाइ नछोडिने बताएका हुन् ।

गृहमन्त्रालयमा सञ्चारकर्मीहरुसँग बोल्दौ मन्त्री थापाले भने, आधा दर्जन भन्दा धेरै ठुला परियोजना होल्ड गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीमाथि पनि कारबाही चलाउछौँ ।

‘सबै ठेकेदारहरु घरधनी या घरबेटी नै हुन् । केही ठेकेदारहरु सांसद पनि छन् । गृहले होइन, तोकिएको समयमा योजना पुरा नगर्ने र होल्ड गर्नेहरुलाई राज्यले नै कारबाही गर्ने भनिसकेको छ’, थापाले भने, ‘जसले समयमा काम पुरा नगरेर राज्यको ढुकुटीको दुरुपयोग गर्छ, त्यो कानुनको उल्‍लंघन हो । सम्झौताको अवज्ञा गर्नेलाई राज्यले भ्रष्टाचारी र ठग ठान्छ । घर धनी होस सभासद् हो जो भए पनि कारबाही हुन्छ ।’

‘राज्यलाई धोका दिने र बेइमानी गर्नेलाई कारबाही गर्छौँ । ठगहरुलाई कारबाही गर्ने काममा पछि हट्दैनौँ’, उनले भने, ‘संसद भित्रै रहेका ठुला ठेकेदारहरुलाई पनि कारबाही हुन्छ, यसका लागि हामी अन्य मन्त्रालयहरुसँग समन्वय गरिहेका छौँ ।’

राज्यलाई धोका दिने जोसुकैका घरधनी भए पनि तिनलाइ जेलको हावा खुवाइने गहृमन्त्री थापाको भनाइ थियो ।