अन्तर्राष्ट्रिय

विदेशमन्त्री भन्छन्ः नाकाबन्दीले देश कमजोर नभइ बरु झन बलियो भयो

दोहा । कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुल्लाहरहमान अल थानीले आफ्ना विरुद्धमा छिमेकी देशहरुले नाकाबन्दी लगाएर संकट सिर्जना गर्न खोजेपनि कतार कमजोर नभएको बरु झन बलियो भएको बताएका छन् ।

कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ ।

गत वर्षको जुन ५ देखि सुरु भएको कतारमाथिको यस नाकाबन्दीको वर्ष दिन पूरा भएको छ । यस बीचमा उसलाई छिमेकीहरुले सवै कूटनीतिक सम्वन्ध तोड्नुका साथै हवाई र स्थलमार्गबाट सामान आयात निर्यातमा पनि प्रतिबन्ध लगाइएको छ ।

नाकाबन्दीको क्रम अहिले पनि जारी नै छ हाम्रो आन्तरिक बल, सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा कुनै पनि कमी आएको छैन– कतार संकटको वर्षदिनको दिन विदेशमन्त्री थानीले मङ्गलबार भनेका छन्. ।

खाडी क्षेत्रको यस तनाव साउदी अरबको नेतृत्वमा सिर्जना गरिएको थियो । कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेटस् ९युएइ० ले साथ दिएका थिए ।

विदेशमन्त्री थानीले जुन ५ को स्मरण गर्दै आफ्नो ट्वीटर अकाउन्टमा मङ्गलबार लेख्नुभएको छ– कतारमाथि काल्पनिक रुपमा दोषारोपण गरिएको आज वर्ष दिन पुगेको छ तर पनि यहाँका नागरिक थाकेका वा गलेका छैनन् बरु अरु सशक्त बनेका छन् ।

कतारमाथि उसले ‘आतङ्कबाद’ लाई सहयोग पु¥याएको आरोप छ । त्यसैगरी उसले इरानसँग आवश्यकभन्दा पनि बढी मात्रामा नजिकिएर काम गरेको आरोप अरु खाडी छिमेकी देशहरुको छ ।

नाकाबन्दी लगाएका मुलुकले कतारलाई लगाएका आरोपको उसले खण्डन पनि गरेको छ । कतारले उनीहरुका आरोप अस्विकार र खण्डन गर्दै आइरहेको छ र अहिले पनि ती सबै आरोपहरु काल्पनिक र भ्रामक रहेकोले पुष्टि पनि हुन नसकेको बताएको हो ।

ती छिमेकी देशहरुले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द गरेका छन् भने हवाई सेवा बन्द गरेका छन् । कतारका हवाई जहाजहरु अरु देशको आकासमा उड्न प्रतिबन्ध लगाइएको छ भने अरु देशले पनि कतारको आकासमा उडाएका छैनन् ।

त्यसैगरी पछिल्लो समयमा त कतारका नागरिकलाई आफ्नो देशबाट निकाला पनि गरेका छन् । साउदी अरबले कतारको अलजजीरा टेलिभिजन च्यानलको रियाद व्युरो कार्यालय बन्द गरिदिएको छ ।

ती छिमेकीका मागहरुमा एउटा अल जाजिरा च्यानल बन्द गर्नुपर्ने पनि थियो । त्यसैगरी इरानसँगको सम्वन्धलाई महत्व दिन नहुने, कतारमा रहेको टर्कीको सैनिक शिविर बन्द गर्नुपर्ने सर्त पनि ती देशहरुले राखेका थिए ।

ती सबै माग पूरा गर्न उनीहरुले कतारलाई दश दिनको समय दिएका थिए । तर ती माग पूरा गर्न नसक्ने अडान कतारले लिएपछि उसमाथि आर्थिक तथा सबै किसीमको नाकाबन्दी गरिएको हो ।

वार्ताको आह्वान

यसैबीच विदेशमन्त्री थानीले कतार उहिलेदेखि र अहिले पनि ती छिमेकीसँग शान्तिपूर्ण रुपमा वार्ता गर्न तयार रहेको भन्दै वार्ताका लागि आह्वान पनि गरेका छन् ।

उनले उक्त ट्वीटर अकाउन्टमा आफ्ना छिमेकी देशहरुसँग वार्ताको लागि कतारले जहिले पनि ढोका खुलै राखेको बताएका छन् । उनले भनेका छन्– हामी कहिल्यै वार्तालाई इन्कार गरेनौँ र अहिले पनि जुनसुकै समयमा वार्ता गर्न तयार छौँ ।

यस कतार संकटको समाधानका लागि वार्ताको माध्यमका लागि अर्को खाडी देश कुवेतले पनि प्रयास जारी नै राखेको थियो । गएको सेप्टेम्बर महिनामा पनि वार्ताका लागि तायरी गरिएको थियो ।

कतार विषयमा वार्ताका लागि कुवेत र अमेरिकाले मध्यस्थताको प्रयास गरेका थिए तर त्यो समयमा पनि वार्ता सम्भव हुन सकेन । त्यसपछि खासै प्रभावकारी रुपमा पहलहरु नभएका बताइएको छ ।

सन् २०१८ को अप्रिलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजालाई भेटेर नाकाबन्दीका बारेमा समाधान निकाल्न आग्रह गरेका थिए ।

कतारमाथि गरिएको यस नाकाबन्दीका बारेमा संयुक्त राष्ट्रसंघमा पनि छलफल भएको थियो । राष्ट्रसंघले पनि कूटनीतिक समाधानका लागि दुवै पक्षलाई आह्वान ग¥यो । तर त्यो आह्वान बमोजिम वार्ता हुन सकिरहेको छैन ।

कतारमाथिको यस नाकाबन्दीलाई मानवीय संकट भन्दै धेरै देशले विरोध गरेका छन् । कतारमाथि गरिएको यस नाकाबन्दीले आफ्नो देशको सार्वभौमिकतामाथि नै धावा बोलिएको भन्दै कतारले संयुक्त राष्ट्रसंघमा पनि उजुरी गरेको थियो ।

तर पनि यस संकटको समाधानमा कतारमाथि नाकाबन्दी लगाउने छिमेकी देशहरुले भने कुनै पहल नगरेको पाइएको छ ।