समाचार

एसएसपी खत्री पुरानै धन्दामा फर्केको सनसनीपूर्ण खुलासा

काठमाडौं । जिल्ला अदालत कोठामाडौंले पर्याप्त प्रमाण, आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएको एसएसपी श्यामबहादुर खत्री धरौटीमा छुटेर पुरानै धन्दामा सक्रिय भएको खुलेको छ ।

गत बर्ष साढे ३३ किलो सुन बरामद प्रकरणमा मुछिएका खत्रीलाई न्यायाधीश दीपेन्द्र अधिकारकिो ईजालासले वस्तुगत स्वतन्त्र प्रमाणको अभाव देखाउँदै २ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

प्रहरी प्रतिवेदन, सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोगपत्र र अदालतको आदेश हेर्दा अभियोगपत्रमा उल्लेखित केही विवरणलाई जिल्ला अदालतले नोटिस मा नलिएको देखिन्छ ।, आजको कान्तिपुरमा यो खबर छ ।