राजनीति

गृहमन्त्री थापाले चीनसँग मागे सहयोग

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालमा भइरहेको सुन तस्करी रोक्न चीन सरकारसँग सहयोग माग गरेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत यु होङसँग गृहमन्त्रालयमा भएको भेटमा दुबई र चीनबाट नेपालमा सुन तस्करी भइरहेको बताउँदै मन्त्री थापाले त्यसलाई रोक्न चीनको सहयोग मागेका हुन् ।

गृहमन्त्री थापाले चिनियाँ नागरिकसमेत तस्करीमा संलग्न रहेको पाइएको जानकारी गराउँदै तस्कर समूहलाई नियन्त्रण र निरुत्साहित गर्नुपर्ने बताएका थिए ।

राजदूत युले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि आग्रह गरेकी थिइन् । उनले सुन तस्करी रोक्न चीन सरकारले नेपाललाई सहयोग गर्ने पनि बताइन् । –नागरिक दैनिकबाट