अन्तर्राष्ट्रिय

जोर्डनी राजाद्वारा कर विधेयकमाथि समीक्षा गर्न आग्रह

अम्मान, जोर्डन । जोर्डमा जारी सरकार विरोधी आन्दोलनप्रति चासो व्यक्त गर्दै राजा अब्लुल्लाह द्वितीयले मङ्गलबार प्रस्तावित आयकर कानूनलाई खुकुलो पार्न सरकारलाई निर्देशन दिएका छन् ।
जोर्डनमा करिब एक हप्तादेखि जारी आयकर सुविधाको कटौति तथा प्रधानमन्त्रीको राजिनामा माग्दै भइरहेको आन्दोलनलाई मथ्थर पार्न सरकारलाई आयकर सम्बन्धी प्रस्तावित कानूनलाई समीक्षा गर्न आग्रह गरेका छन् ।
राजा अब्लुल्लाह द्वितीयले प्रधानमन्त्री ओमार अल राजाजलाई लेखेको पत्रमा भनिएकोे छ, “कर प्रणालीबारे सरकारले गरेको निर्णयमाथि बृहत् समीक्षा हुनु जरुरी छ । नयाँ कर प्रणालीले गरिब र धनीबीच अन्यायपूर्ण करप्रणालीको व्यवस्था हुनु ठीक नहुनेहुँदा सन्तुलित कर प्रणालीको सरकारले व्यवस्था गर्नुपर्छ ।”