आर्थिक

एनआईसी एशिया बैंकद्वारा वृक्षारोपण

काठमाण्डौ । एनआई सी एशिया बैँकले विश्ववातावरण दिवसको उपलक्ष्यमा“एक कर्मचारी, एक फलफुल विरुवा”भन्ने नाराका साथ एवं आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धापासीस्थित बैँकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा कार्यालयहरुको प्राङ्गणभित्र मंगलबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न प्रजातीहरुका फलफूल र अन्य प्रजातीका बोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याउने बैँकले विश्वास लिएको छ ।

एनआई सी एशिया बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयहरुको मार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागिउपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्थावा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्मकरिब ११ हजार विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियालीकायमगर्न महत्वपूर्ण योगदान पु¥याएको बताएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१८ शाखा कार्यालयहरु, २०६ एटिएम, १० वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू १६४अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११४अर्ब र कुलनिक्षेप करिब रू १३९अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमाजम्माग्राहकको संख्याकरिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।