आर्थिक

पूँजीबजारको समस्या समाधान गर्न समिति गठन

काठमाडौँ । सरकारले पूँजीबजारमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ । पूँजीगत लाभकरको विषयलाई लिएर शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले आज वित्तीय क्षेत्र व्यवस्थापन महाखाशाका प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई १५ दिनभित्र शेयर बजारको समग्र समस्या समाधानका लागि कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले पूँजीबजारमा देखिएको समग्र समस्या समाधान गर्ने लक्ष्यसहित समिति गठन गरिएको जानकारी दिए ।

शेयर लगानीकर्ताले सरकारले पूँजीगत लाभकर बढाएको भन्दै सोमबारदेखि आन्दोलनरत छन् । लगानीकर्ताको अवरोधका कारण आज नेपाल स्टक एक्चेन्जमा कुनै पनि कारोबार हुन सकेन ।