मनोरञ्जन

आलियाले अब एउटा फिल्म खेलेको ९ करोड लिने

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो पारिश्रमिक बढाएकी ९ करोड पुर्याएका छिन् । अहिले प्रदर्शन भइरहेको चलचित्र ‘राजी’ को सफलता पछि उनले आफ्नो पारिश्रमिक बढाएकी हुन् ।

‘राजी’मा काम गरुन्जेल आलियाले ६ करोड पारिश्रमिक लिएकी थिइन् भने चलचित्रले बक्स अफिसमा राम्रो ब्यापार गरेसँगै अब एक चलचित्रमा काम गरेको ९ करोड लिनेछिन् ।

आलियाको ‘राजी’मा यस वर्षको तेस्रो सवैभन्दा बढी आम्दानी गर्न सफल चलचित्र हो । आलिया अहिलें रणवीर सिंहका साथ चलचित्र ‘गली ब्वाय’ को शुटिङमा व्यस्त छिन् । चलचित्र जोया अख्तरले निर्देशन गरिरहेकी छिन् । -एजेन्सी