आर्थिक

एभरेष्ट द्वारा वृक्षारोपण

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एभरेष्ट बैंकले काठमाडौं महानगरपालिका वाड नं ३ र पिडिएसएसको समन्वयमा लाजिम्पाटदेखी महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण कार्यक्रम आज सम्पन्न गरेको छ ।

सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठले संयुक्त रुपमा वृक्षरोपण गरी विश्व वातावरण दिवस मनाईएको छ ।

वातावरण जोगाउँ हरियाली बनाऔं बन्ने मुल नाराका साथ भएको वृक्षरोपण कार्यक्रममा काठमाडौं महानगरपालिका वाड नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वाड नं ३ का अध्यक्ष दिपक केसी तथा एभरेष्ट बैंकका अधिकृत तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत वढ्दो वातावरण प्रदुर्षण न्युनिकरण गर्न तथा हलियाली कायम राख्न वृक्षरोपण गरेको जनाएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।