आर्थिक

सिटिजन्सद्वारा वृक्षारोपण

काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथगरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवापुर्याउँदैआएको यस सिटिजन्स बैंक इन्टरनेसनलले मंगलबार अन्तर्रा्ष्ट्रिय वातावरण दिवसको अवसरमा बैंकले आफ्नो प्राङ्गणमा वृक्षारोपण कार्यक्रम संचालन गरेको छ ।

नेपाल सरकारले अवलम्बन गरेको “एक कर्मचारी एक फलफूलको विरुवा”नीतिलाई मुर्त रुप प्रदानगर्न बैंककोप्राङ्गणमावृक्षारोपण कार्यक्रमसफलतापूर्वक सम्पन्नगरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उुपस्थितिमा बैंकका कर्मचारीहरुले वृक्षारोपण गरेका छन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्ग विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।