आर्थिक

आइएमई लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक बिच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ विकास बैंक बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदयुमन पोख्ररेलले हस्ताक्षर गरेका छन् ।

बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवाप्रदानगर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सामान्य सावधिक , बालशिक्षा , आजिवन , नगदर्फिता , साढे तीन गुणा रक्षावरण, अग्रीमभुक्तानी तथा आजीवनलगायतका बीमा योजनाल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्यन्यूनभन्दान्यूनआय भएका शहरी तथा ग्रामिण भेगकाव्यक्तिहरुको समेत जीवन बीमामापहुँच पु¥याई नेपालमा जीवन बीमा विस्तार गर्नु रहेको छ ।