राजनीति

चीनबाट रेल र तेल दुवैँ आउछः डा. भट्टराई

काठमाडौं । नेकपाका केन्द्रिय सदस्य डा. राजन भट्टराईले चिनबाट नेपाल रेल र तेल दुवै आउने बताएका छन् । मंगलबार रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दैँ नेता भट्टराई केरुङबाट काठमाडौंसम्म रेल ल्याउने बोर कुराकानी भईरहेको र तेलबारे प्रधानमन्त्रीको आसन्न भ्रमणमा कुरा हुने बताएका हुन् ।

प्रधानमन्त्रीका परराष्ट्रसल्लाहकार समेत रहेका नेता भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे भने, ‘हाम्रो प्रधानमन्त्रीले भनिसक्नुभएको छ कि हामी आन्तरिक स्रोतले बनाउन सक्ने अवस्थामा छैनौं ।

त्यसैले चीनले अनुदानमा बनाइदिएमात्रै काठमाडौंमा रेल आउँछ । उनले अघि भने, ‘हामीले आन्तरिक रुपमा नीतिगत स्थायित्वबारे आश्वस्त पार्न सक्नुपर्छ, चूस्त नीति अपनाउनुपर्छ ।

प्रधानमन्त्रीको अघिल्लो भ्रमणका बेला भएको १० बुँदे सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिइने नेता भट्टराइको भनाइ थियो ।