स्वास्थ्य

गोदावरी सरसफाइ महाभियान शुरु

ललितपुर । विश्व वातावरण दिवसको अवसरमा गोदावरी नगरपालिकाले ‘हाम्रो गोदावरी राम्रो गोदाबरी सरसफाइ महाअभियान’को शुरुआत गरेको छ ।

“प्लाष्टिक प्रदूषण निर्मूल पारौँ पुनःप्रयोग गर्न नसके बहिष्कार गरौँ भन्ने नाराका साथ सरसफाइ अभियानलाई नगरपालिकाले तीव्र पारेको छ । प्राकृतिक रुपले सुन्दर रहेको नगरपालिकालाई सधैँ हरियाली र प्रदूषणमुक्त राख्न नगरपालिकाले विभिन्न कार्यक्रमलाई आत्मसात् गर्दै अघि बढ्दै जाने जनाइएको छ ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य नवराज सिलवालले पर्यावरणको संरक्षण गर्न सकेमा विश्वभरी हरियाली कायम राख्न सकिने बताए । उनले देशको समृद्धि र विकासका लागि समेत वातावरणलाई सधैँ स्वच्छ राख्नुपर्ने औंल्याए । उनले प्लाष्टिकजन्य वस्तु प्रयोगमा कमी ल्याउन पनि आग्रह गरे ।

नगरप्रमुख गजेन्द्र महर्जनले हरियाली वातावरण जोगाइराख्न हरेक घर घरमा न्यूनतम दुईका दरले बिरुवा रोप्नुपर्नेमा जोड दिए ।