मनोरञ्जन

‘अमेरिका बोइज’ लाई दर्शकले औधी मन पराए

काठमाडौं । चलचित्र ‘अमेरिका बोइज’ देशव्यापी प्रदर्शनमा आएको छ । देशभरका लगभग सबै सिनेमा हलबाट एकैसाथ रिलिज भएको चलचित्रलाई दर्शकले औधी मन पराएका हुन् ।

चलचित्र निकै नै राम्रो रहेको प्रतिक्रिया दर्शकहरुले दिएका छन् । कमेडी जनरामा बनेको चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको उनीहरुको प्रतिक्रियाबाट बुझिएको छ । चलचित्रहरु हेरेपछि चर्चित कलाकार, सञ्चारकर्मी, निर्देशकहरुले पनि फिल्मको प्रशंसा गरेका छन् ।

धेरै दर्शकले यो चलचित्रलाई हेर्न छुटाउन नहुने चलचित्रको संज्ञा दिएका छन् ।

चलचित्रमा अर्पण थापा, अभय बराल, आशिष प्रसाई, सन्दीप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, कामेश्वर चौरासिया, श्रृष्टि कार्की लगायतको अभिनय रहेको छ ।

फिल्मले अमेरिका जान चाहने तीन युवाको मनोविज्ञानलाई प्रस्तुत गरेको छ । प्रवेश पौडेल निर्देशित फिल्ममा विवेक पाण्डेको पटकथा तथा संवाद रहेको छ । फिल्मलाई चलचित्रकर्मीले मात्र होइन दर्शकले समेत उति नै मनपराएका छन् । जेठ १८ रिलिज चलचित्रमा प्रकाश भूजेल र इन्द्र प्रसाद खरेलको लगानी रहेको छ ।