राजनीति

एमाले र माओवादी केन्द्रबीचको एकीकरणले कानुनी मान्यता पाएन

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन ।

राजनीतिक रुपमा एउटै दलकै रुपमा नेकपाका नाममा काम गर्न थाले पनि निर्वाचन आयोगले एकीकरणपछिको दल दर्ता प्रमाणपत्र दिइसकेको छैन । आयोगले दल दर्ता प्रमाणपत्र नदिँदासम्म कानुनी रुपमा दुई दल एक भएको मानिन्न ।

दुई दलले एकीकरण कै दिन जेठ ३ गते दल दर्ता प्रक्रियाका लागि आयोगमा निवेदन दिएका थिए । कानुनमा ४५ दिनभित्र दर्ता प्रक्रिया सुरु गर्न सकिने प्रावधान रहेकाले आयोग निर्णय दिन हतारिएको छैन । –कान्तिपुर दैनिकबाट