समाचार

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाण्डौ । सुदूरपश्चिममा आज भूकम्पको धक्का महशुस भएको छ । बिहान ७ बजेर १९ मीनट जाँदा महशुस गरिएको भूकम्पले सुदूरपश्चिमका बाजुरा, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुला लगायतका जिल्लाहरुलाई छोएको थियो । भूकम्प मापन केन्द्रले भूकम्प गएको जनाएपनि क्षतिको बिबरण भने अहिलेसम्म आएको छैन ।

०७२ साल बैसाख १२ गतेको भूकम्प बिर्सिसकेका नेपालीहरुलाई उक्त भूकम्पले पुन सम्झाना दिलाएको छ ।