राजनीति

पेट्रोलीयम पदार्थको मूल्यबृद्धीप्रति नेबिसंघ क्रुद्ध, फिर्ता नलिए बुधबार चक्काजाम गर्ने

काठमाण्डौ । नेपाली काँग्रेसको बिद्यार्थी भातृसंस्था नेपाल बिद्यार्थी संघले पेट्रोलीयम पदार्थको मूल्यबृद्धीको बिरोधमा ओली सरकारको बिरोधका कार्यक्रमहरु सार्बजनिक गरेको छ ।
नेबिसंघका अध्यक्ष नैनसिंह महरको हस्ताक्षर गरिएको बिज्ञप्तीमा उक्त बिद्यार्थी संघले आज देशभरका जिल्ला शिक्षा कार्यलयहरुमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ भने भोली बुधबार २ बजे ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा कालो झण्डा गाडेर एक घण्टा चक्काजाम गर्ने कार्यक्रम राखेको छ ।
मूल्यबृद्धी फिर्ताको माग राखेर आयल निगम घेराउ लगायतका कार्यक्रम गरेको नेबिसंघको आन्दोलनको बिचमा नै ओली सरकारले पुनः मुल्यबृद्धी गरेको छ । पुनः मुल्यबृद्धी गरेपछि नेबिसंघ ओली सरकारका बिरुद्ध कु्रद्ध देखिएको छ ।
नेबिसंघले मूल्यबृद्धी बिर्ता नलिए सरकारका बिरुद्धमा अझ कडा रुपमा प्रश्तुत हुने समेत संकेत गरेको छ । केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि ५ पटक मूल्यबृद्धी भईसकेको छ, प्रधानमन्त्री ओलीको पछिल्लो समयमा जनस्तरबाट बिरोधका स्वरहरु गुञ्जीन थालेका छन् ।