खेलकुद

क्रिकेटर सन्दीप लामिछाने सम्मानित

काठमाडौँ । विश्व क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा परिचय बनाएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई ‘मेरो लगानी डट कम’ले आज सम्मान गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा ‘मेरो लगानी डट कम’का प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठ र सम्पादक राजेन्द्र खनालले क्रिकेटर लामिछानेलाई संयुक्त रूपमा सम्मान गरे । क्रिकेटर लामिछानेले सम्मान स्वरुप रु ५० प्राप्त गरे ।
लामिछानेले आफूलाई उक्त सम्मानले उत्साहित र थप जिम्मेवार बनाएको बताए । त्रिकेटर लामिछाने आइपिएल, क्यारेबियन लिग (सिपिएल) र क्यानडाको ग्लोबल टी–ट्वान्टी क्रिकेट लिगमा अनुबन्धन हुने पहिलो नेपाली खेलाडी हुन् । केही दिनअघि मात्रै सम्पन्न आइपिएलमा सन्दीपले ३ खेल खेल्न पाएका थिए । लमिछानेले यसै साता विश्व ११ टोलीका तर्फबाट लडर्समा वेस्टिन्डिजविरूद्ध विश्व चर्चित खेलाडीसंँग अन्तर्राष्ट्रिय टी–२० खेल खेल्ने मौका पाएका थिए । आइतबार मात्रै लामिछानेले ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग खेल्ने पक्का भएको थियो । उनलाई आइतबार मोन्ट्रिइल टाइगर्स टोलीले अनुबन्धन गरेको हो ।