आर्थिक

सनराइज बैंकद्धारा स्वास्थ्य बीमा अन्तर्गत बीमा रकम भुक्तानी

काठमाडौं । सन्राइज बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ ।

उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५ वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

यसै क्रममा बैंकको भैसीपाटी शाखाका ग्राहक राजेन्द« महर्जनको उपचार खर्च ८० हजार २ सय ५६ बराबरको रकम बैंकका नायब महाप्रबन्धक श्री रविन नेपालले प्रदान गरे ।

बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।