मनोरञ्जन

ज्योतिको ‘बाचा गर’ बजारमा (भिडियो)

काठमाडौं । गायिका ज्योति खतिवडाले मस्तिष्क पक्षघात भएका बालबालिकालाई हौसाल दिने खालको वाचा गर‘‘ बोलको गीत बजारमा ल्याएकी छन् । सोमबार लोकप्रिय सामाजिक सञ्जाल युट्युब मार्फत उक्त गीतको भिडियोको रिलिज गरिएको हो ।

मस्तिष्क पक्षघात भएका बालबालिकाहरुलाई आफै स्वाबलम्वि बन्न हौसला प्रदान गरेको उक्त गीत खतिवडाकै मर्मस्पर्शी शब्दमा सजिएको छ । सशान कंडेलको निर्देशन रहेको उक्त भिडियोमा गायिका खतिवडा र उनका छोरालाई मुख्य रुपमा फिचरिङ गरिएको छ ।

आमाको महिमाले सुसज्जित गीत नयाँ स्वादमा बजारमा आएको प्रतिक्रिया दर्शकहरुले दिएका छन् । यो समाचार तयार पार्दासम्म भिडियोलाई ६ हजार बढी पटक हेरिएको छ भने २ सय बढीले लायक गरेका छन् ।

भिडियो:-