समाचार

ऐनकानून छिटो बन्छन्ः अध्यक्ष तिमिल्सिना

बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधानको पूर्ण कार्यान्वयनका लागि ऐनकानून छिट्टै बन्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा विधेयक र बजेटमाथिको छलफल एकसाथ चलिरहेकाले प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानून छिट्टै निर्माण हुने उल्लेख गरे । आजै अध्यक्ष तिमिल्सिनालाई बागलुङ नगरपालिकाले सम्मान गरेको छ । सो अवसरमा उनले भगवत सर्वजीत विश्वकर्मा प्रतिष्ठान बागलुङले प्रकाशन गरेको स्मारिका ‘भगत सर्वजित’ को विमोचन गरे ।