आर्थिक

विनियोजन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित ग¥यो ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएका थिए ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को प्रस्ताव भने प्रस्तुत हुन सकेन । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्नेछ ।