मनोरञ्जन

यस्तो छ एउटा मात्रै डाइलगको लघु सर्ट फिल्म (भिडियोसहित)

काठमाडौं । एउटा मात्रै डाइलग समावेश गरिएको १० मिनेटको छोटो लघु फिल्म बजारमा आएको छ । देश प्रदेश मिडियाको प्रस्तुतीमा उक्त भिडियो बजारमा आएको हो । रिकरिम ड्रिम शीर्षकको उक्त लघु सर्ट फिल्म देश परदेश मिडिया नामको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । फिल्मभरि एउटा मात्रै संवाद बोलिएको छ ।

फिल्ममा टिना भट्टराई र सागर कार्कीले अभिनय गरेका छन् । फिल्मलाई नरोत्तम पाण्डेले खिचेका छन् भने उनैले सम्पादन गरेका छन् । फिल्ममा निर्देशन तथा लेखन रविन तामाङको रहेको छ । पछिल्लो समय सार्वजनिक गरिएको उक्त छोटो लघु फिल्म फरक कन्सेप्टमा तयार पारिएको छ ।

देश परदेश मिडियाले गीतसंगीतका साथै अभिनय तथा उद्घोषण तालिम प्रदान गर्दै आएको प्रबन्ध निर्देशक बिशाल/सन्तोष गौतमले सूर्यखबरलाई बताए ।

https://www.youtube.com/watch?v=_8qqV0tHXUs