समाचार

प्रधामनमन्त्रीद्धारा प्रदेशसभामा विशेष सम्बोधन शुरु

हटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ को प्रदेशसभा बैठकमा विशेष सम्बोधन शुरु गर्ने भएका छन् ।

प्रदेश नं ३ को आजको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने तय भएअनुसार विकासको सम्भावनाबारे सम्बोधन गर्ने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले गत वैशाख १६ गते प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गरेका थिए ।