कृषि

कालिमाटी तरकारी बजारको सिण्डिकेट तोडिन्छः मन्त्री खनाल

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले राजधानीको एकमात्रै तरकारी बजार व्यवस्थित गर्न एक हप्ते अल्टिमेटम दिएका छन् । सोमबार मन्त्री खनालले सो बजारको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उनले कालिमाटी फलफूल तथा तरकारी बजार अव्यवस्थित भएको र त्यसको व्यवस्थापन एक साता भित्रै गर्नु पर्ने बताए ।

तरकारी र फलफूल बजारमा फोहोर र दुर्गन्ध बढेको भन्दै उनले भने, देशकै ठूलो तरकारी बजारमा यस्तो दुर्गन्ध बढ्नु आम जनताको स्वास्थ्यमाथिको हेलचक्र्याइ भएकाले तत्काल यसको व्यवस्थापन गर्नुपर्छ ।

साथै उनले तरकारीको बजारको सिण्डिकेट अन्त्य गर्ने पनि बताएका छन् ।