आर्थिक

कम तेल दिएर ग्राह ठग्ने हरिसिद्धि र कनक पेट्रोल पम्पमा सरकारी ताला

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको भन्दा कम मात्रामा पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई बिक्री वितरणमा रोक लगाएको छ ।

विभागले  अनुगमनका क्रममा कम पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने हरिसिद्धि आयल स्टोर शान्तिनगर र कनक ट्रेड सेन्टर टेकुलाई बिक्री इन्धन वितरणमा रोक लगाएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पाँच वटा पेट्रोल पम्पको अनुगमन गरिएकामा दुईवटा पेट्रोल पम्पले तोकिएको मापदण्डभन्दा कम पेट्रोल बिक्री गरेकाले बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिए ।

“हरिसिद्धि आयल स्टोरले पाँच लिटरमा ३० मिलिलिटरसम्म कम र कनक ट्रेड सेन्टर टेकुले पाँच लिटरमा ४५ मिलिलिटरसम्म कम बिक्री गरेको पाएपछि बिक्रीवितरणमा रोक लगाएका हौँ”– उनले भने ।

अनुगमन गरिएकामध्ये थ्री ब्रदर्श आयल स्टोर बानेश्वर, सीता केयर प्रालि कालिमाटी र नेवाः ट्रेड कन्सर्न ढल्कोको सही परिमाण फेला पारेको विभागले जनाएको छ ।