राजनीति

देशलाई मार्ग निर्देशन गर्न नेकपालाई महत्वपूर्ण अवसरः नेता रावल

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीमबहादुर रावलले देशलाई समृद्धि र शान्तिको बाटोतर्फ अगाडि लैजान नेकपाको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताएका छन् ।

आईतबर धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली जनताको चाहना, आकांक्षा र राष्ट्रिय आवश्यकतातर्फ देशलाई मार्ग निर्देशन गर्न नेकपाले महत्वपूर्ण अवसर प्राप्त गरेको बताए ।

नेता रावलले भने, “विगतका घोषणापत्र र नेपाली जनताका आकांक्षालाई सर्वोपरि राखेर देशको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता, स्वाभिमान र सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई अगाडि बढाउन पार्टीको संकल्प छ ।”

देशमा संघीय गणतन्त्र स्थापना भइसकेपछि अब फेरि कसैले पनि हिंसाको बाटो लिनुपर्ने आवश्यकता नभएको उनले बताए ।