पु.समाचार

मानव बेचविखनको आरोपमा एक पक्राउ

काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचविखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले गैरकानूनी रुपमा अमेरिकालगायत विभिन्न देश पठाउने गरेको आरोपमा बागलुङका ४१ वर्षीय ‘राजु’ भन्ने जेसन श्रीसलाई शनिबार सामाखुशीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका श्रीसले छ जनालाई अमेरिका तथा क्यानडा पठाई आकर्षक काम लगाइदिने भनी भारत, सिंगापुर, मलेसिया, थाइल्याण्डलगायतका देश पु¥याई सात महिनासम्म अलपत्र पारेका थिए ।

श्रीसलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ३ र ४ को कसूरअनुसार बीस वर्ष कैद र रु दुई लाख जरिवनाको व्यवस्था छ ।