समाचार

काँग्रेस निकट पत्रकार गिरीमाथि आक्रमण

विराटनगर । नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि आक्रमण भएको छ । गिरीमाथि शनिबार साँझको समयमा घरमै बसेको अवस्थामा चार/पाँच जनाको समूहले आक्रमण गरेपछि उहाँको टाउकामा गम्भीर चोट लागेको छ ।

यसैबीच, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितले आज प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्न दोषीको पक्राउ गरी अविलम्ब कारबाहीको माग गरेको छ ।