स्वास्थ्य

नेपाल क्यान्सर अस्पताल दोस्रो बर्षमा प्रवेश

काठमाडौं । नेपाली जनमानसमा क्यान्सर रोगले जरो गाड्दै आएको तथ्यलाई महसुस गर्दै खोलिएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको राष्ट्रपति महोदयबाट उद्घाटन भएको आज एक वर्ष पुगेको छ । क्यान्सर बिरामीहरुलाई अन्तराष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतिहरु सँग सामना गर्ने उद्देश्यले मुलत यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको हो । ललितपुरको हरिसिद्धमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राहीको अस्पतालका रुपमा रहेको छ ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले अन्तरास्ट्रिय मापदण्ड अनुरुप एउटै छानामुनि नेपाली जनताको आर्थिक पहुँचभित्र रही गुणस्तरीय क्यान्सर उपचार सेवा दिईरहेको छ । आज भन्दा एक वर्ष अगाडी भारतको नयाँ दिल्लीस्थित राजिव गान्धि क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा यस अस्पतालको स्थापना भएको थियो । “नेपालीको क्यान्सरको उपचार नेपालमा नै“ भन्ने मूल नारा लिई अस्पतालले यो वर्षको कार्यक्रमहरु संचालन गर्ने जमर्को गरेको छ ।

क्यान्सर उपचारका लागि विदेश जाँदा हुने सामाजिक, आर्थिक र भौतिक नोक्सानीलाई निर्मूल पार्ने उद्देश्य ले यस हस्पिटलले आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको हस्पिटलले जुनसुकै क्यान्सर रोगको उपचार नेपालमै हुने बताएको छ ।

यस अस्पतालले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्ने हेतुले अत्याधुनिक प्रबिधिहरु भित्र्याईरहेको र बिरामीलाई सुबिस्ता हुनेगरी ति सेवाहरुको प्रभावकारी र योजनबद्द ढंगले व्यवस्थापन र संचालन गर्दै आएको छ ।