आर्थिक

सरकारले ल्याएको बजेट सस्तो लोकप्रियताका लागि मीठा मीठा शब्दहरुको जाल : डा महत

बुटवल । नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले ल्याएको बजेट सस्तो लोकप्रियताका लागि मीठा मीठा शब्दहरुको जाल मात्र भएको आरोप लगाए ।

रिपोर्टर्स क्लब नेपाल ५ नं प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले भने, “एक वर्षमा पाँच लाखलाई रोजगारी दिने बजेटमा उल्लेख गरिएपनि त्यसका लागि कुनै तयारी र अध्ययन देखिएको छैन् । ”

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. महतले सरकाले आर्थिक वृद्धिदर आठ प्रतिशतको लक्ष्य लिएपनि पुँजी लगानीबिना आर्थिक वृद्धि सम्भव नहुने बताउँदै पुँजी लगानीका लागि लगानीमैत्री वातावरण हुनुपर्छ तर सरकारले कर थोपारेर लगानीकर्तालाई निरुत्साहित गर्न खोजेको छ भने ।

काँग्रेस संगठन विस्तार अभियानमा रहेको चर्चा गर्दै उनले काँग्रेस अब बलियो भएर अघि बढ्ने बताए ।