आर्थिक

५ लाख पर्यटक आगमनको जग बनाउदैँ दोस्रोे हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्रालयको नेतृत्व तथा आतिथ्यतामा, नेपाल पर्यटन बोर्डको आयोजना र पाटा नेपाल च्याप्टर कार्यक्रम आयोजक रहीपर्यटन क्षेत्रका बिभिन्न संघ संस्थाहरुको सहयोगमा हिमालयन ट्राभल मार्ट २०१८ को दोस्रोे संकरण भब्यताका साथ सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ ।

२६ वटा देशहरुवाट ५९ बायर्स र नेपाल भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र यु ए इ लगायत सातवटा देशहरुवाट ५२ वटा बिक्रेताहरुको सहभागिता थियो । यस कार्यक्रमले नेपाललगायत दक्षिण एशियाका सवै पर्यटन ब्यवसायीहरुलाई समाबेश गरेको थियो ।

जेष्ठ १८—२० सम्मआयोजनाभएको यस कार्यक्रमको मुख्य विषय सस्टेनेबल रोड टु फाईभ मिलियन सब्सक्राईबर भिजिटर बाई २०३० थियो । जुन विषयमा विभिन्न देशहरुवाट आएका पर्यटन विज्ञहरुले आफ्ना विचार व्यक्त गरेका थिए ।

यस कार्यक्रमका मुख्य आकर्षण अन्तराष्ट्रिय ट्राभल ब्लगर्स मिडिया सम्मेलन थियो जहाँ १८ देशका ४३ जना ब्लगरहरुको सहभागिता थियो । ती ब्लगर्सहरुले नेपाल लगायत विश्वका अनेक ठाउँहरुमा पर्यटन सम्बन्धि समस्या र समाधान विषयमा आफ्ना बिचारहरु ब्यक्त गरेका थिए ।

यस कार्यक्रमको उद्घाटन गर्दै पराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली ले सामाजिक संजाल र नयाँ मिडियाको महत्वको उजागर गर्दै पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने र नकारात्मक कुराहरुको निराकरण गर्ने विश्वास ब्यक्त गरे ।

हिमालयन ट्राभल मार्टको मुख्य सत्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्रीले नेपालमा पर्यटन विकास र विस्तारको प्रचुर सम्भावना भएको र यसको समष्टिगत विकासका लागि सबैको सामुहिक प्रयासमा जोड दिए । ।